सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • वैवाहिक समारोहमा जान लागेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, कैयौँ घाइते

वैवाहिक समारोहमा जान लागेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, कैयौँ घाइते

  • शनिबार, पुस ३, २०७८
वैवाहिक समारोहमा जान लागेको बस दुर्घटना हुँदा  ९ जनाको मृत्यु, कैयौँ घाइते

यहाँको एक वैवाहिक समारोहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । शुक्रबार राति पञ्जाब प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो ।

विवाहको भोजमा सहभागी हुन जान लागेको बस सडकबाट तल खसेको थियो । यसमा परेर घाइते भएकाहरुको अवस्था निकै नै गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या थप बढ्न सक्ने पनि प्रहरीले जनाएको छ ।–सिन्ह्वा

चर्चामा

सम्बन्धित समाचार