काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३८ रुपैयाँ २५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३५ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।