सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • आइएनएफले तिब्रता दिदै सदरमुकामकाे फोहोर ब्यबस्थापनमा

आइएनएफले तिब्रता दिदै सदरमुकामकाे फोहोर ब्यबस्थापनमा

  • शुक्रबार, पुस २, २०७८
आइएनएफले तिब्रता दिदै सदरमुकामकाे फोहोर ब्यबस्थापनमा

बाजुरा — बजार क्षेत्रमा फोहोरमैला व्यवस्थापनको बिषय चुनौतिपुर्ण बनिरहेको वेला बाजुराको सदरमुकाम मार्तडीमा आईएनएफ नेपाल नामक गैर सरकारी संस्थाले सरसफाई व्यवस्थापनमा तिब्रता दिएको छ । फोहोर ब्यस्थापनका लागि आईएनएफ नेपालले सामान्य जनचेतना मुलक कार्यक्रमबाट सूरु गरेको छ । बजारलाई सरसफाई गर्न सम्पुणर् बजारवासी एक जुट भएर फोहोरको समस्या केहि सहज बनाउने उदेस्यका साथ आईएनएफ नेपालले बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

No description available.
फोहोर व्यवस्थापन गर्न नसक्दा यतिबेला बजार क्षेत्रमा फोहोरमैला व्यवस्थापन कार्य मुख्य समस्याको बिषय बन्दै गइरहेको बेला संस्थाले केही चेतनामुलक कार्यक्रम गरी बडिमालिका नगरपालिका वडा न ८ र ९ का स्थानिय र बजारबासीलाई जनचेतना फैलाउने कार्यक्रमका साथै बिभिन्न स्थानमा डस्टबिनहरु पनि सहयोग गरेको आईएनएफ नेपालका खेम मिश्रले जानकारी दिएका छन ।

No description available.

आईएनएफ नेपालको प्रयासमा स्थानिय बासीन्दाले सुरु गरेको फोहोर ब्यबस्थापनको कार्यले बजारमा सरसफाईमा केही सहजता ल्याउने प्रयास गरिएको बडिमालिका नगरपालिका वडा ८ का वडा अध्यक्ष प्रकाश रावलले बताएका छन । दैनिक घर आंगन वरीपरीको सरसफाई तथा हप्ताको दुई दिन वजार सरसफाईमा लाग्ने गरेका छन् । वजार वरीपरि छरीएर रहेको फाहोर प्रत्येक सुक्रवार र शनिवार बिहानै स्थानियवासीले संकलन गरि सड्ने गल्ने र नगल्ने फोहोर छुट्याई ब्यबस्थापन गर्ने गरेका वडा अध्यक्ष रावलले बताएका छन् ।

No description available.
आइएनएफ नेपालको प्राबिधीक सहयोगमा बडिमालिका नगरपालिका वडा न ८ र ९ मा १२ वटा टोल सुधार समितीहरु लाई सर्सफाइ अभियान तथा फोहोर बवस्थापनको बिसयमा जानकारी गराउनुका साथै बिभिन्न कार्यक्रमहरु गर्दै आएको आईएनएफ नेपाल बाजुराले जनाएको छ । जसमा देउदा प्रतियोगिता आयोजना गर्नुका साथै पुरस्कारको समेत ब्यबस्था गरि सरसफाई अभियानमा सघाउन प्रोत्साहन गरेको जनाएको छ । त्यसै गरि १ सय जना लाई फोहोर छुट्याउन रातो र निलो डस्टबिन सहयोग गरेको आईएनएफ नेपाल बाजुराका परियोजनाका खेम मिश्रले जानकारी दिएका छन ।

No description available.
त्यसै गरि ५० जनाहरु लाई प्लास्टिक जन्य फोहोर को पुनः प्रयोग/ पुन चक्रन सम्बन्धि तालिम दिएको र साथै प्लास्टिको प्रयोग घटाउन कपड़ाको झोला पनि १२ टोल सुधार समितीहरु लाई बितरण समेत गरेको उनले बताएका छन । यो संगै अघिल्लो बर्ष बडिमालिका नगरपालिकाकोे फोहोर बवस्थापन निर्देसिका बनाउन पनि आइ एन एफ ले सहयोग गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार