नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सहमहामन्त्री टुंगो लगाउन अहिले मतगणना भइरहेको छ। आठमध्ये तीन क्लस्टरका सहमहामन्त्रीको टुंगो बिहीबार भइसकेको छ।
१५१३ मत गणना गर्दा बद्री पाण्डेले ७३८ र शाहीले ६८९ मत पाएका छन्। अहिले मतगणना भइरहेको पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे अगाडि छन् । प्रारम्भिक मतगणनामा उनले कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शेरबहादुर देउवा समूहका जीवनबहादुर शाहीलाई पछि पारेका छन्। आज थारू, मधेसी, मुस्लिम र खस/आर्यतर्फको सहमहामन्त्रीका लागि पनि मतगणना भइरहेको छ।