• होमपेज
  • समाचार
  • महामन्त्री मतगणना : गगनलाई ८०० मतको अग्रता, विश्वप्रकाश दोस्रो स्थानमा

महामन्त्री मतगणना : गगनलाई ८०० मतको अग्रता, विश्वप्रकाश दोस्रो स्थानमा

  • बिहिबार, पुस १, २०७८
महामन्त्री मतगणना : गगनलाई ८०० मतको अग्रता, विश्वप्रकाश दोस्रो स्थानमा

काठमाडौं — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापाले ८ सय मतको अग्रता लिएका छन् ।

३१२० मत गणना हुँदा गगनले २०३७ मत पाएका छन् । त्यस्तै विश्वप्रकाश शर्माले १२५५, डा. प्रकाशशरण महतले १०२४, प्रदीप पौडेलले ९३५, डा. मिनेन्द्र रिजालले ५४६ र राजाराम कार्कीले ७५ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।

कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

चर्चामा

सम्बन्धित समाचार