• होमपेज
  • राजनीति
  • कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने

कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने

  • बुधबार, मंसिर २९, २०७८
कांग्रेस महाधिवेशन : आज उपसभापति पदको मात्र मतगणना हुने

काठमाडौं — नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए ।

उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनले बताए । कांग्रेसमा सभापति पदको नतिजा भने आइसकेको छ ।

मंगलबार राति सार्वजनिक मत परिणाम अनुसार सभापतिमा २७३३ मत ल्याएर शेरबहादुर देउवा निर्वाचित भएका छन् । सभापति पदका अर्का उम्मेदवार शेखर कोइरालाले १८५५ मत पाए ।

चर्चामा

सम्बन्धित समाचार