शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • प्राकृतिक औषधी ‘पारिलो घाम’

प्राकृतिक औषधी ‘पारिलो घाम’

  • बुधबार, मंसिर २९, २०७८
प्राकृतिक औषधी ‘पारिलो घाम’

जाडो मौसममा चिसोका कारणले सामान्यतया रुघाखोकीलगायत विभिन्न खालका समस्या उत्पन्न हुन्छन् । तर चिसोबाट देखा पर्ने समस्याको सरल र सहज औषधी प्राकृतिक रूपमै छ, त्यो हो ‘पारिलो घाम ।’

त्यसो त व्यस्त दिनचर्याले कतिपयलाई घाम ताप्ने फुर्सद नै हुँदैन । झन् आजकालका युवायुवतीहरु घाममा लामो समय बस्दा छाला डढ्छ भन्ने डरले घाममा बस्न त्यति रुचाउँदैनन् । जबकि जाडो होस् या गर्मी मौसम, घाम ताप्नाले हामी कतिपय रोगहरुबाट छुटकारा पाउन सक्छौँ ।

सामान्य रूपमा धेरैलाई थाहा भएकै कुरा हो कि घामबाट ‘भिटामिन डी’ पाइन्छ, जो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन जान्छ । विशेषतः बिहानको सूर्यको किरणले हाम्रो शरीरबाट धेरै हानीकारक चीजहरु नष्ट गर्न मद्दत गर्छ र आन्तरिक अंगहरुको अक्सिजन बोक्ने शक्ति बढाउँछ । बिहानीको घामले हाम्रो छाती र शरीरका अन्य अंगहरुबाट हानीकारक सुक्ष्म जीवाणु मारेर मुटु, छाती र शरीरका अन्य अंगहरुलाई बलियो बनाउँछ ।

सूर्यको किरणबाट पाइने ‘भिटामिन डी’ले शरीरमा क्याल्सियम सञ्चित गर्दछ, जसले शरीरको हड्डी बलियो बनाउँछ । त्यसैले घाम ताप्नु शरीरको हड्डीको सुरक्षाका लागि निकै फाइदाजनक छ ।

शरीरमा घामको किरण पर्दा शरीरमा सेतो रक्त कोशिका अर्थात् ‘ह्वाइट ब्लड सेल्स’ पर्याप्त मात्रामा निर्माण हुन्छ । शरीरमा सेता रक्त कोशिका सञ्चित हुनुले कुनैपनि बिरामी हुने खतरा कम हुन्छ । यसका साथै घाम ताप्नाले इम्युनिटी पावर बढ्छ । घामले हाम्रो शरीरमा हुन सक्ने धेरै किसिमको ‘इन्फेक्सन’बाट समेत बचाउँछ ।

जाडोमा घाम ताप्नाले पाचन क्रिया मजबुत हुन्छ । यसले पेट तथा पाचन प्रक्रियाका कारण हुन सक्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । घाम ताप्दा शरीरमा मेलाटोनिन हर्मोन उत्पन्न हुन्छ, जसले हामीलाई राम्रोसँग निद्रा लाग्न मद्दत गर्छ । मेलाटोनिन हर्मोनले मानसिक तनाव घटाउँछ, जसले तपाईंलाई राम्रो निद्रा पर्न मद्दत गर्छ ।

नियमित रुपमा घाम ताप्दा कोलस्ट्रोल पनि कम हुन्छ । यसले तौल घटाउन मद्दत गर्छ । साथै हृदयरोग र मुटुका बिरामी लागि पनि बिहानीको घाम ताप्नु उत्तिकै फाइदाजनक छ । अब तपाईं पनि घाम ताप्ने फुर्सद निकाल्ने होइन त ?राताेपाटीबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार