शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • आमा र बुवाले दोस्रो बिहे गरेपछि दुइ भाइबहिनि शाहाराबिहिनि

आमा र बुवाले दोस्रो बिहे गरेपछि दुइ भाइबहिनि शाहाराबिहिनि

  • मङ्लबार, मंसिर २८, २०७८
आमा र बुवाले दोस्रो बिहे गरेपछि दुइ भाइबहिनि शाहाराबिहिनि

लक्ष्मिराज पाध्याय/काेल्टि–बुढिनन्दा नगरपालिका १ पिपलडालीका २ बालबालिका बुवा र आमाले अर्को बिहे गरेपछि साहारा बिहिन बनेका छन । बुवा हर्क लुवारले पनि अर्को बिहे गरेका छन्, भने आमा रिठु लुवार अर्कै संग बिबाह गरि पछि ७ बर्षिया दिपिका लुवार र ४ बर्षका पुष्प लुवार साहारा बिहिन बनेका छन ।
उनिहरु बाजे जंगबिर ल्वार र बज्यै धिरु लुवार बुढा भएकोले उनलाई पालन पोषणमा समेत समस्या भएको उनका छिमेकी मनबिर बिकले बताएका छन । उनिहरु बाजे बज्यैको साहारमा रहेको भए पनि बिद्यालय समेत जान पाएका छैनन दिपिकाका बाजे जंगबिर ल्वारले भने । हलिया परिवारका उनिहरुको गास बासको समेत टुङुगो नभएको धिरु बिकले बताइन । बिहान खाए बेलुका के खाने बिहान खाए बेलुका के खाने भन्ने चिन्ता भएकोले नाबालकहरुलाई बिद्यालय पठाउन नसकेको धिरुले बताईन ।
मागेर वा दैनिक ज्यालादारी को रुपमा काम गरि जिबिको पार्जन गरिरहेका उनिहरुको लागि दैनिक खानाकै लागि पनि सम्भव नभएको धिरु ल्वारले बताएकी छन । उमेरले पनि ६५ बर्ष नाघिसकेका यी दम्पती न काम गर्न सक्छन् न कसैको घरबाट मागेर ल्याउन नै सक्छन । उमेर भए त काम गरेरै भएपनि अर्काको घरमा गएर हलो जोतेर भए पनि सक्थे तर अहिले कुनै सम्भावना नरहेको जंगबिरले दुख ब्यक्त गरे ।
दुबै बुढाबुढी लठ्ठीको सहारामा हिडंडुल गर्छन् । उनिहरुको उमेर ढल्केको भए पनि नाबालक नानीहरुको साहाराका लागि उनिहरु हार गुहार गरिरहेका छन । नाबालक नाती र नातिनीको भबिस्य खोज्दै गाउँ चाहारेका भए पनि उनिहरुको साहार नपाएको दुखेसो गरिरहेका छन । हर्क लुवार पनि अर्को बिहे गरेपछि सम्पर्क बिहिन बनेको स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार