बाजुरा–बाजुराको हिमाली गाउँपालिका ४ अर्थङ्गेचौरमा अलपत्र तिन भाइबहिनीलाइ सहयोग गरिएको छ । खाद्यन्न, लत्ताकपडा, स्टेशनरी, भाडाकुडा र नगद सहयोग गरेको डोल्मा थापाले वताएकी छन् ।
बडिमालिका खबर लगायत सञ्चारमाध्यममा प्रकाशित तथा प्रशारणा उनलाई सहयोग भएको हो । समचार प्रकाशतिपछि बाजुराको मार्तडीमा रहेको दुर्गा भञ्ज्याङ्ग गुल्मले भाइबहिनी भएकै ठाउँमा पुगेर खाद्यन्न सहयोग गरेको छ । मसिनो चामल तिन कट्टा, चिनि ५ केजी, दाल ५ केजी, गेडागुडी ५ केजी, तेल २ पोका, नुन २ पोका सहयोग गरेको छ । तिन भाइबहिनी अलपत्र परेको समचार पछि सेनाको टोली भाइबहिनीको घरमै पुगेर सहयोग गरेको नेपाली सेनाले वताएको छ ।
समचार प्रकाशति पछि अर्जुन नाथले ५ हजार, साउदी अरबिया बाट हरि घर्ती मगरले २२ हजार ३ सय २ रुपैया, लमजुङ्ग बाट मिना थापाले ४ हजार सहयोग गरेका छन् । त्यस्तै सानो पाइला संस्थाले १० हजार, आशिष मर्हजनले ३ हजार र अमेरिका बाट छलि खनालले १२ हजार १ सय २५ सहयोग गरेको छ । सहयोग रकम बाट लुगाकपडा, स्टेशनरी र भाडाकुडा किनेर सहयोग गरेको डोल्माका आफन्त छिरिङ्ग थेवा थापाले वताए । बाँकि रकम बाणीज्य बैंक कोल्टि शाखामा जम्मा गरेको बुढिनन्दा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रामदत्त न्यौउपानेले वताए ।
समचारमा तिन भाइबहिनी अलपत्र परेको समचार प्रकाशित पछि तत्काल थोरै भएपनि सहयोग गरेको हरि घर्ती मगरले वताएका छन् । उनिहरुको अबस्था देख्दा निकै पिडा भएको हरिले वताए । सहयोग पाएपछि खुशी हुदै डोल्माले भनिन्, हामी दुखीका लागि पनि सहयोग गर्ने हुने रहेछन्, सहयोग गर्ने सहयोगीलाई धन्यवाद दिएकि छन् । बुवा र आमाको मृत्यु पछि बिच्चलीमा परेको डोल्मा थापा (भोटे) तिन भाइबहिनी कणर्ाली करिडोरको सडक छेउमै रहेको छाप्रोमा कष्टकर जिवन बिताउने गरेका छन् । छेउमै रहेको कणर्ाली नदिको सिरौटो सँग रात बिताइरहेका छन् ।
बुढिनन्दा नगरपालिका वडा नम्बर ३ नुरि घर भएकी डोल्मा बुवा र आमाको मृत्युपछि तिन भाइबहिनी सहित हिमाली गाउँपालिकाको तिथिचौरमा बसाइसरेका थिए । डोल्माका बुवा लोक थापा भोटेको ९ बर्ष पहिले मृत्यु भएको थियो, भने आमा कलिमा थापा भोटेको २ बर्ष पहिला मृत्यु भएको थियो । बुवा र आमाको आर्थिक अभाबमा उपचार हुन नसक्दा अकालै मृत्यु भएको थियो ।
आमा र बुवा मृत्यु पछि १६ बर्षिय डोल्मा थापा, १३ बर्षिय दोज्रो थापा र १० बर्षिय सम्झना थापा बेसाहारा बनेका हुन् । बुवा त पहिला बितिसक्नु भयो, आमा २ बर्ष पहिले मृत्यु भयो, गाउँमा कोही शाहारा नभएपछि ठुलाबुवा नाता लाग्ने छिरिङ्ग थेवा थापा भएको ठाउँमा आएको वताईन् । गाउँमा केही नपाउने भएपछि सडक छेउमै मागेर भएपनि भाइबहिनी पाल्न सजिलो होला भनेर बसाइ सरेको डोल्माले वताईन् ।
बिचमा बिद्यालय छोडेका तिनै भाइबहिनी अहिले हिमाली गाउँपालिका बाधुमा रहेको बाधु माबिमा पढने गरेका छन् । डोल्मा कक्षा ८ मा, दोज्रो कक्षा ५ र सम्झना कक्षा २ मा पढने गरेका छन् । तिनै भाइबहिनी कणर्ाली करिडोर अन्तर्गत तिथिचौरमा रहेको सडक छेउको स्थानियको छाप्रोमा बस्ने गरेका छन् । मासिक ६ सय भाडा तिर्ने गरि बसेका छिरिङ्ग थेवा थापाले वताएका छन् । घरपनि जिणर् र पानि परेको दिनमा चुहिने गरेको छ । कणर्ाली नदिको किनारमै रहेकाले चिसोले कठ्याङ्गरिदै रात बिताउने गरेका छन् ।