• होमपेज
  • राजनीति
  • कांग्रेस सभापति चयनका लागि दोस्रो चरणमा मतदानको सम्भावना प्रबल

कांग्रेस सभापति चयनका लागि दोस्रो चरणमा मतदानको सम्भावना प्रबल

  • मङ्लबार, मंसिर २८, २०७८
कांग्रेस सभापति चयनका लागि दोस्रो चरणमा मतदानको सम्भावना प्रबल

काठमाडौं — नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणमा मतदान हुने सम्भावना बढेको छ । हालसम्म ४३७६ मत गणना भइसक्यो र अब ३०३ मत गणना गर्न बाँकी छ ।

मतगणनामा अग्रता लिइरहेका शेरबहादुर देउवाले २०९५ मत पाएका छन् । सभापतिमा निर्वाचित हुन उनलाई अझै २४५ मत चाहिन्छ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत चाहिन्छ । कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार