• होमपेज
  • समाचार
  • हरिवनको इलेक्ट्रोनिक्स पसलमा आगो लाग्दा एक करोडको क्षति

हरिवनको इलेक्ट्रोनिक्स पसलमा आगो लाग्दा एक करोडको क्षति

  • शनिबार, मंसिर २५, २०७८
हरिवनको इलेक्ट्रोनिक्स पसलमा आगो लाग्दा एक करोडको क्षति

जनकपुरधाम — सर्लाहीको हरिवनस्थित एक इलेक्ट्रोनिक्स पसलमा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।

हरिवन नगरपालिका-११ मा बिक्रम नेपालले संचालन गरेको नेपाल इलेक्ट्रोनिक्स शनिबार शुक्रबार राति साढे एक बजेतिर विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीले पसलमा बिक्रीका लागि राखिएको टेलिभिजन, फ्रिसहितका सामान र पसल बाहिर पार्किङ गरी राखिएको ज. २ प. ९५७६ नम्बरको मोटरसाइकल समेत पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट एक करोड बराबरको क्षति भएको छ ।

नेपाल प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा राति साढे २ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार