• होमपेज
  • समाचार
  • बलात्कार आरोपमा ककनीबाट एक पुरुष पक्राउ

बलात्कार आरोपमा ककनीबाट एक पुरुष पक्राउ

  • शुक्रबार, मंसिर २४, २०७८
बलात्कार आरोपमा ककनीबाट एक पुरुष पक्राउ

बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको ककनी गाउँपालिका–२ कोल्पुबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४९ वर्षीय साहु कान्छा भन्ने सानुकान्छा बलामी छन् ।

उनले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप छ । किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी गरेको सुराक पाएपछि प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको टोलीले बिहीबार विहान उनलाई पक्राउ गरेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार