• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • तौल घटाउनेदेखि रक्तसञ्चारसम्म चिसोमा तातोपानी पिउनुका ६ फाइदा

तौल घटाउनेदेखि रक्तसञ्चारसम्म चिसोमा तातोपानी पिउनुका ६ फाइदा

  • बिहिबार, मंसिर २३, २०७८
तौल घटाउनेदेखि रक्तसञ्चारसम्म चिसोमा तातोपानी पिउनुका ६ फाइदा

गर्मी मौसममा शरीरलाई हाइड्रेट राख्नका लागि पानी धेरै पिउनुपर्छ । तर, चिसो मौसममा चिसोको कारण कम पानी पिउने बानी हुन्छ । जसलाई शरीरलाई आवश्यक पानीको मात्रा पुग्दैन र विभिन्न समस्याहरु पैदा हुन्छ । चिसो मौसममा तातो पानी पिएर शरीरलाई डिहाइड्रेशन हुनबाट बचाउन सकिन्छ । चिसो मौसममा तातोपानीले अन्य धेरै फाइदाहरु गर्छ ।

पाचन प्रक्रियामा सुधार
एक अध्ययनका अनुसार तातोपानीले शरीरको मेटाबोलिक रेटमा सुधार आउँछ । जसले पाचन प्रक्रियासँग जोडिएका समस्याहरुबाट टाढा राख्छ । चिसो पानीको तुलनामा तातोपानीमा शरीर धेरै छिटो टुट्छ । यसले कब्जियत, बवासीर, फिसर जस्ता खतरनाक बिरामीहरुको जोखिम पनि कम गराउँछ । यस्ता समस्या सबै कम पानी पिउने कारण पैदा हुन्छन् ।

रक्तसञ्चारमा सुधार
हाम्रो शरीरमा गर्मीको तुलनामा चिसोमा रक्तचाप धेरै हुन्छ । चिसोमा रक्तकोशिकाहरु सुक्ने भएकाले रगत सञ्चार हुन समस्या हुन्छ र रक्तचाप बढ्छ । तातो पानीले रक्तकोशिकाहरुलाई फैलाउने काम गर्छ । यसले रक्तसञ्चारमा सुधार ल्याउँछ ।

शरीरको दुखाईबाट राहत पाउन
चिसो मौसममा धेरै मानिसहरु मांशपेशी दुख्ने समस्याबाट पीडित हुने गर्छन् । चिसो बढी भएपछि हाडजोर्नीको दुखाई बढ्ने गर्छ । तातोको सेवनले शरीरमा धेरै प्रकारका दुखाईबाट बचाउँछ भने पेटमा हुने समस्याबाट पनि बचाउँछ ।

तौल कम गर्न
चिसो मौसममा मेटाबोलिज्म रेट कम हुन थाल्छ । र शरीरको तौल बढ्न थाल्छ । अध्ययनका अनुसार तातोपानीले हाम्रो शरीरमा मेटाबोलिज्म प्रणालीलाई बुष्ट गर्ने र शरीरमा जम्मा हुने फ्याट कम गराउँछ । जुन मोटोपन बढाउन जिम्मेवार मानिन्छ । त्यसैले मोटोपन नियन्त्रण गर्न तातोपानीबाट दिनको सुरुवात गर्नुपर्छ ।

नाक र घाँटीमा समस्या
चिसो मौसममा तातो पेयपदार्थले नाकबाट सिगान बढ्ने समस्या, खोकी र घाँटीमा आउने समस्याहरुलाई कम गर्छ । यसले छातीभित्र बलगम, खोकी जस्ता समस्यालाई राहत दिन्छ । तातोपानीले शरीरमा रोगसँग लड्ने क्षमताको पनि विकास गर्छ ।

धेरै चिसो
चिसो मौसममा धेरै मानिसहरुका लागि पीडादायी हुन्छ । चिसोले गर्दा उनीहरु काम गर्न सक्दैनन् । यस्तो अवस्थामा तातोपानीको सेवन उपयुक्त हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार