• होमपेज
  • समाचार
  • स्थानीय तहका १,६१३ कर्मचारीको सरुवा

स्थानीय तहका १,६१३ कर्मचारीको सरुवा

  • मङ्लबार, मंसिर २१, २०७८
स्थानीय तहका १,६१३ कर्मचारीको सरुवा

काठमाडौं — सरकारले स्थानीय तहका १ हजार ६ सय जनाभन्दा बढी कर्मचारीको काज सरुवा गरेको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका १,६१३ जना कर्मचारीको काज सरुवाको निर्णय मंगलबार सार्वजनिक गरेको हो ।

‘स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीहरुलाई उनीहरुको निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने निर्णय भएको हो’ मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले भने, ‘निवेदन दिएकाहरुमध्ये मापदण्ड पुगेकाहरुको हकमा निर्णय भएको हो ।’

उनका अनुसार स्थानीय तहका कर्मचारीहरुको सरुवासम्बन्धी कानूनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको छ ।

नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षामा उत्तीर्ण भई नियुक्त भएका स्थानीय तहका कर्मचारीहरुलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो । सरुवा भएर हिड्ने र जाने दुवै स्थानीय तहको सहमतीमा मात्रै काजको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

मापदण्ड पूरा नगरेकाहरुलाई सरुवा नगरिएको मन्त्रालयले जनाएको छ । निवेदन दिएपनि सरुवाको निर्णय नभएका कर्मचारीहरुको हकमा कारणसहित निर्णय भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।अनलाइन खबरबाट साबार ।

हेर्नुहोस् सरुवाको सूची
MOFAGA_Notice_20211207021128

 

 

चर्चामा

सम्बन्धित समाचार