• होमपेज
  • समाचार
  • सुडानमा जातीय दंगा, ४८ जनाको मृत्यु

सुडानमा जातीय दंगा, ४८ जनाको मृत्यु

  • मङ्लबार, मंसिर २१, २०७८
सुडानमा जातीय दंगा, ४८ जनाको मृत्यु

एजेन्सी– सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा कम्तीमा पनि ४८ जनाको ज्यान गएको छ ।

सोमबार सुडानको एक गैरसरकारी संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा डारफोर क्षेत्रमा २ दिनयता भएका जातीय हिंसामा ४८ जनाको ज्यान गएको उल्लेख छ ।

अधिकारीहरुले जनाएअनुसार ती क्षेत्रमा यहाँका स्थानीय जातिबीच झडप भएको थियो । यस झडपका क्रममा हतियारधारी उनीहरुले आपसमा हमला गरेका थिए ।दक्षिणी डारफोरको किरानीक भन्ने स्थानमा हतियारधारीहरुले हमला गरेका र त्यसमा परेर ४८ जनाको ज्यान गएको र अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

सो संस्थाकाअनुसार मृत्यु हुने व्यक्तिको संख्या अझै यकिन हुन सकेको छैन । अरु कैयौँको ज्यान गएको पनि आशंका गरिएको सो विज्ञप्तिमा जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार