शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • कोल्टी खाध्य डिपोमा असार सम्मका लागि चामल आइपुग्यो

कोल्टी खाध्य डिपोमा असार सम्मका लागि चामल आइपुग्यो

  • आइतवार, मंसिर १९, २०७८
कोल्टी खाध्य डिपोमा असार सम्मका लागि चामल आइपुग्यो

बाजुरा — बाजुराको उत्तरपूर्वी क्षेत्रमा खाद्य अभाव भइरने क्षेत्रको रुमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय कोल्टीमा चामल आइपुगेको छ ।
यो चामल असार मसान्त सम्मका लागि आईपुगेको हो । असार सम्म ५ हजार कुईन्टल ढुवानीको जिम्मा लिएको सिहं ब्रदर्सले एक महिनामै सबै चामल ढुवानी गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय कोल्टीका प्रमुख नबिन आचार्यले बताएका छन ।
कोल्टी डिपोका लागि चामल ढुवानीको जिम्मा पाएको सिहं ब्रदर्श बाजुराले यस अघिका ठेकेदार भन्दा कमाल देखाएको कार्यालय प्रमुख आचार्यले बताए । चामल ढुवानीको जिम्मा लिएको सिहं ब्रदर्शका प्रोप्राइटर हसं बहादुर सिहंले भने बाजुराको सडकको कुनै भर नभएकोले सबै चामल ढुवानीको जिम्मा पाएको १५ दिनमै ५ हजार कुईनटल चामल ल्याइ पुर्‍याएको बताए । साफेँ – मार्तडी सडक खण्ड पानी पर्ने बित्तिकै भत्कीन सुरु हुने भएकोले जहिले गरे पनि आफैले गर्नुपर्ने भएकोले समयमै ढुवानी गर्न सफल भएको उनले बताए ।
खाद्य कम्पनी र सप्लायर्सबीच मसिंर देखी असार सम्म ढुवानी गर्ने सम्झौता भएको भए पनि सडक संजालले गर्दा पछि आफैलाई समस्या हुने र कोल्टी क्षेत्रका नागरिक चामल पाउन बाट बन्चीत हुने समस्यालाई मध्यनजर गरि एकै पटक सम्झौता भए अनुसारको चामल ढुवानी गरिदिएको ठेकेदार सिंहले बताए । यस अघिका ठेकेदारहरुले सम्झौता अनुसारको समयमा ढुवानी नगर्ने ठेकेदारलाई समेत सिहंले चुनौती दिएका छन ।
जिल्लाको उत्तरी क्षेत्रमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालयका अनुसार सबै चामल ढुवानी भईसकेको र त्यसबाट ५ सय कुइन्टल चामल कवाडी बिक्री केन्द्रमा समेत पठाई सकेको जनाएको छ ।
अर्को ठेकेदार कम्पनीले राजापुर र महेन्द्रनगरबाट ढुवानी हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय कोल्टीका प्रमुख आचार्यले बताएका छन । जिल्लामा पहिलो पटक सिंह ब्रदर्शले समयमै चामल ढुवानी गरेकोले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय कोल्टीका प्रमुख आचार्यले धन्यबाद समेत ब्यक्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार