• होमपेज
  • समाचार
  • ट्रकको ठक्करबाट काठमाडौंमा युवकको मृत्यु

ट्रकको ठक्करबाट काठमाडौंमा युवकको मृत्यु

  • आइतवार, मंसिर १९, २०७८
ट्रकको ठक्करबाट काठमाडौंमा युवकको मृत्यु

काठमाडौंमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आइतबार बिहान थापाथलीबाट त्रिपुरेश्वर जाँदै गरेको बा२ख ७३२७ नम्बरको मिनी ट्रकले बा२४प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।

ठक्करबाट स्कुटर चालक काभ्रे घर भई काठमाडौं सीतापाइला बस्ने १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ। उनको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुटरमा पछाडि सवार २२ वर्षीय आशिष हुमागाईको उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार