
धनगढी — राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाण्डौंमा सम्पन्न एकता महाधिवेशनबाट सुदूरपश्चिमबाट ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
केन्द्रीय सदस्यमा बैतडीका जयन्त चन्द, डडेल्धुराका गोबिन्द खडायत, डोटीका प्रेम बलायर, कञ्चनपुरका पूर्णबहादुर चन्द, तिर्थराज चटौत, हिक्मतसिंह भण्डारी, नन्दादेवी जोशी र बशन्ती शाही केन्द्रीय सदस्य निर्वाचित भएको सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशीले बताए।
