बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • यी हुन् सुदूरपश्चिम काँग्रेसको पदाधिकारी र प्रदेश सदस्यका उम्मेदवार (सूचीसहित)

यी हुन् सुदूरपश्चिम काँग्रेसको पदाधिकारी र प्रदेश सदस्यका उम्मेदवार (सूचीसहित)

  • शनिबार, मंसिर १८, २०७८
यी हुन् सुदूरपश्चिम काँग्रेसको पदाधिकारी र प्रदेश सदस्यका उम्मेदवार (सूचीसहित)

धनगढी — काँग्रेसको प्रदेश कार्यसमिति चयनका लागि संस्थापन र इतर पक्ष प्यानलसहित चुनावी मैदानमा होमिएका छन्। सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ। सभापतिमा उम्मेदवारी दिँदै बलायरले कम्युनिष्टविरुद्ध लड्न र काँग्रेसलाई एक ढिक्का बनाउनका लागि उम्मेदवारी दिएको बताए।

यस्तै पौडेल पक्षको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिएका मिश्रले सम्पूर्ण नेता–कार्यकर्ताको सुझावसल्लाह अनुसार उम्मेदवारी दिएको बताए। यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सहमहामन्त्रीमा कञ्चनपुरका चिन्तामणी भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्।

यस्तै संस्थापन इतर पक्षबाट मिश्रले सभापतिमा उम्मेदवारी दिएका छन् भने उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेदवार दिएका छन्।

यस्तै काँग्रेस सुदूरपश्चिमको उपसभापतिमा हिम रावलको पनि उम्मेदवारी छ। तर उनले उम्मेदवारी फिर्ता लिएको र आफ्नो समर्थन वलायर समूहलाई रहेको भन्दै विज्ञप्ती जारी गरेका छन्। यस्तै सहमहामन्त्रीमा लक्ष्मण शाही, हर्क स्वार र डम्मरी महराको पनि उम्मेदवारी परेको छ। मतदान आज हुनेछ।दिनेश खबरबाट साबार  ।

चर्चामा

सम्बन्धित समाचार