आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • राजनीति
  • पाैडेल पक्षबाट उपसभापितकाे उम्मेदवारमा बाजुराका मान बहादुर रावल

पाैडेल पक्षबाट उपसभापितकाे उम्मेदवारमा बाजुराका मान बहादुर रावल

  • शुक्रबार, मंसिर १७, २०७८
पाैडेल पक्षबाट उपसभापितकाे  उम्मेदवारमा बाजुराका मान बहादुर रावल

धनगढी–नेपाली काँग्रेस सुदूरपश्चिमको प्रदेश अधिवेशनमा संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षसंग भागभण्डामा कुरा नमिलेपछि संस्थापन इतरको पौडेल पक्षले उम्मेदवार तय गरेको छ। धनगढीमा पौडेल पक्षका नेताहरुको बैठकले उम्मेदवार टुंगो लगाएको हो।
उक्त पक्षले प्रदेश उपसभापितमा बाजुराका मान बहादुर रावललाइ अघि सारेकाे छ । बाजुरा बाट महािधबेशन प्रतिनिधि बिजय भएका रावल बाजुराका पुर्व पाटि सभापित पनि हुन् । रावल पाैडेल पक्षकाे बलियाे रूपमा स्थापित नेता हुन् । उक्त पक्षले प्रदेश सभापतिमा कैलालीका पूर्व जिल्ला सभापति नारायणदत्त मिश्रलाई उम्मेदवार बनाउने भएको छ। यस्तै उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सहमहामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट गरिएको सभापतिका उम्मेदवार मिश्रले वताए ।

चर्चामा

सम्बन्धित समाचार