काठमाडौँ — भारतमा ८ हजार ६६३ जना संक्रमित थपिएका छन् ।
ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा १० हजार २०७ जना कोरोनामुक्त भएका छन् भने २८५ जना संक्रमितको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोनाका सकृय संक्रमितको संख्या एक लाख ७ हजार ४०१ मा झरेको छ ।
भारतमा कुल संक्रमितको संख्या ३ करोड ४६ लाख ५ हजार ४३९ छ । तीमध्ये ३ करोड ४० लाख २८ हजार ५०६ जना निको भइसकेका छन् भने ४ लाख ६९ हजार ५३२ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।