
अछाम– अछामका एक युवक ३ दिनदेखि सम्पर्कबिहिन छन्। कमलबजार नगरपालिका–८ बस्ने २४ वर्षीय उमेश चलाउने ३ दिनदेखि सम्पर्कबिहिन बनेका हुन्। भारत जान्छु भनेर हिँडेका चालाउनेको अवस्था अज्ञात रहेको आफन्तले बताएका छन्।
साथीहरुसँगै भारत गएका उनलाई नागरिकता घरमै छुटेका कारण कञ्चनपुरको गड्डाचौकी नाकाबाट प्रहरी फर्काएको बताइएको छ। त्यसपछि भन्सारको जंगल बाटो भएर गएका उनी सम्पर्कबिहिन बनेको दाजु बिनोदकुमार बिष्टले बताए।साथै उनले आफ्नो भाइलाइ देख्ने जोसुकैले पनि मोबाइल नम्बर ९८४४३५५०२७ सम्पर्क गर्न अनुरोध गरेका छन्।
