• होमपेज
  • समाचार
  • रौतहटमा तीन बिगाहा खेतको धानमा आगलागी

रौतहटमा तीन बिगाहा खेतको धानमा आगलागी

  • सोमवार, मंसिर १३, २०७८
रौतहटमा तीन बिगाहा खेतको धानमा आगलागी

रौतहट — रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ । देवाही गोनाही–७ प्रेमपुर गोनाहीका बुधाई राय यादवको दाँई हाल्न खलिहानमा राखिएको धानको भारीमा आगलागी भएको हो । आगलागी बाट खलिहानमा राखिएको ६४० वटा धानको भारी बोझा पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएको छ । बुधाई यादवले लगाएको तीन बिगहा धानको भारी जल्दा कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको स्थानीय अर्जुन यादवले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले प्रहरी र गाउँले मिलेर दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बताएका छन् । धानको भारीको चारैतिर बाट एकैचोटि आगलागी भएको देखिएकाले कसैले आगो लगाएको हुनसक्ने आशंका व्यक्त गर्दै घटनाको अनुसन्धान भैरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार