• होमपेज
  • समाचार
  • तालिवानद्वारा चिकित्सकको हत्या

तालिवानद्वारा चिकित्सकको हत्या

  • सोमवार, मंसिर १३, २०७८
तालिवानद्वारा चिकित्सकको हत्या

हेरात — तालिवान लडाकुले एक युवा चिकित्सकको हत्या गरेको खुलासा भएको छ। अफगानिस्तानको हेरात प्रान्तस्थित चेकपोष्टमा नरोकिएको आरोपमा तालिवानले ३३ वर्षीय चिकित्सकको हत्या गरेको खुलेको हो।

स्थानीय मिडिया खामा प्रेसका अनुसार तालिवान लडाकुले हेरात शहरस्थित प्रहरी चेकपोष्टमा नरोकिएको भन्दै ३३ वर्षीय चिकित्सक अमरुद्धिन नुरीको हत्या गरेको छ।

सो क्षेत्रमा तालिवानले आफ्नो मनोमानी गर्दै आएको पीडित पक्षको दाबी छ। नुरीले सानो मेडिकल क्लिनिक सञ्चालन गरिरहेको बताइएको छ। अगष्ट १५ मा तालिवानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेको थियो। काबुल कब्जापछि तालिवानले त्यहाँको सरकारको नेतृत्व गर्दै आएको छ।

चर्चामा

सम्बन्धित समाचार