बाजुरा — बाजुरा जिल्लाको उत्तरी क्षेत्रमा रहेको जन प्रकाश माध्यामिक बिद्यालयका शिक्षकहरु बिद्यालयमा उपस्थित नभएपछि बिद्यार्थीहरु आन्दोलित भएका छन् । ६ महिनामा ३ महिना पनि शिक्षकहरु बिद्यालयमा अनुुपस्थिती भएपछि बिद्यार्थीहरु आन्दोलित भएका हुन । बुुधबार दिउँसो बिद्यार्थीहरुले एक बिज्ञप्ती सहित नगरपालिकाको ध्यानाकर्षण गराएको बिध्यार्थीहरुले बताएका छन् ।
नगरपालिकाको ध्यानाकर्षण पछि नगरपालिकाले गरेको अनुुगमनमा पनि सत्य साबित भएपछि ७ दिन भित्र लिखित जवाफ सहित स्पष्टिकरण मागेको बुुढिनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुुमार गिरीले बताएका छन् ।
जनप्रकाश माबिका प्राधानाध्यापक अनोजराज गिरी आफै नेपाली काग्रेसको खुला राजनिति गर्न थालेपछि बिध्यालयमा प्रशासन फितलो हुदै गएको बिद्यार्थीहरुले बताएका छन ।
प्रअ नै बिद्यालयमा सबै भन्दा कम बिद्यालयमा उपस्थिती हुनु नै बिद्यालयको प्रशासन कमजोर हुन हो जनप्रकाश माबिका एक शिक्षकले बडिमालिका खवरलाई बताएका छन् ।
प्राधानाध्यापक गिरी ३ महिना देखी नेपाली काग्रेसको अधिबेशनमा हुमिएका कारण बिद्यालयमा अन्य शिक्षकहरु पनि मनोमानी गर्न थालेको बिद्यार्थीहरुले आरोप लगाएका छन् ।
बिद्र्याहरुले लामो समय कोरोना महामारीका कारण बिद्यालय बन्दको मारमा परेको र जिल्लामा बिद्यालय संचालन पछि पनि शिक्षकहरु बिद्यालयमा अनुुउपस्थिती भई बिद्यार्थीहरुको भबिस्यमा माथि खेलबाड गरेको बताएका छन ।
सो बिद्यालयका प्राधानाध्यापक अनोज राज गिरी हालै सम्पन्न नेपाली काग्रस बाजुराका महाधिबेशन प्रतिनिधी समेृत भईसकेकोले उनले राजिनामा दिएर खुला राजनितिमा लाग्न बिद्यार्थीहरुको भनाई रहेको छ ।
यता नगरपालिकाले पनि सो बिद्यालयको लापरबाही भइरहदा पनि कुनै चासो नदिएको बिद्यार्थीहरुको गुुनासो रहेको छ । साे बिद्यालयकाे भारतिय दुतावासकाे सहयाेमा बन्न लागेकाे भवन निर्माण कार्य पनि अधुरै रहेकाे छ ।