• होमपेज
  • समाचार
  • दार्चुलामा काँग्रेसको मतगणनास्थलमा झडप, तीन जना घाइते

दार्चुलामा काँग्रेसको मतगणनास्थलमा झडप, तीन जना घाइते

  • शुक्रबार, मंसिर १०, २०७८
दार्चुलामा काँग्रेसको मतगणनास्थलमा झडप, तीन जना घाइते

दार्चुला — नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दार्चुलामा भइरहेको जिल्ला कार्यसमिति निर्वाचनको मतगणनास्थलमा झडप भएको छ। सभापतिका उम्मेदवार ललितसिंह बोहरा र अमरसिंह धामी पक्षबीच झडप भएको हो।

झडपमा धामी पक्षका कार्यकर्ताहरु राजेन्द्र बिष्ट, सुरेश बिष्ट, वसन्त बहादुर साउँदलगायत घाइते भएका बताइएको छ। उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। नेपाली काँग्रेस दार्चुलाको कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि सहमति जुट्न नसकेपछि बिहीबार निर्वाचन भएको थियो।

कूल १ हजार ४२ मतदाता रहेकोमा पदाधिकारीसहित ४२ सदस्यीय जिल्ला कार्यसमिति र २५ जना महाधिवेशन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका लागि ९ सय ५६ जनाले मतदान गरेका थिए। मतगणना भने जारी राखेको जनाइएको छ।

चर्चामा

सम्बन्धित समाचार