बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • बाजुरामा आजबाट महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरू

बाजुरामा आजबाट महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरू

  • बिहिबार, मंसिर ९, २०७८
बाजुरामा आजबाट महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरू

बाजुरा — आज बिहीबार महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस सूरू भएकाे छ । संयुक्त राष्ट्रसंघको महासभाले २५ नोभेम्बरलाई महिला विरुद्धको हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा तोकेकाले बाजुरामा पनि सोदिवस मनाउन महिला हिँसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सुरु गरेको हो ।
महिलाहरू बलात्कार, घरेलु हिंसा र अन्य प्रकारका हिंसाको न्युनिरण गर्न साे दिवस मनाउने गरिन्छ । हिंसा न्युनिकरण तथा सचेतना फैलाउने उद्देश्यका साथ बाजुरामा पनि दिवस मनाइने भएकाले महिला हिँसा बिरुद्ध अभियान कार्यक्रम तथा नारा सहित र्‍याली प्रदशन गरेको हो ।
७ फेब्रुअरी २००० मा भने संयुक्त राष्ट्रसंघको महासभाले यस दिवसको प्रस्तावलाई पारित गर्दै २५ नोभेम्बरलाई आधिकारिक रूपमा महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा स्थापित गरेको थियो । त्यसयता हरेक वर्षको २५ नोभेम्बरका दिन लैङ्गिक हिंसाविरुद्ध ऐक्यबद्धता जनाउन र जनचेतना कायम राख्नका लागि यो दिवस मनाइँदै भएकाले बाजुरामा पनि जिल्ला प्रहरी कार्यायको टोली , जिल्ला प्रशासन कार्यालय , गैरसरकारी कार्यालयका कर्मचारी ,शिक्षक, बिद्यार्थी,निजामति कर्मचारी ,सुचना तथा सञ्चार कर्मि ,र अन्य संघ संस्था लगाएतका व्यक्तिहरु यस दिवसमा एकता बद्धरुपमा महिला हिँसा बिरुद्ध १६ दिने अभियान सफल पार्न उल्लेखित सम्पुणर् को उपस्थीत रहेको जिल्ला प्रशासन कार्यालयका प्रमुख गोपाल कुमार अधिकारीले बताएका छन ।
त्यस्तै मंगलबारदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानसमेत सुरू भएको छ । २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अर्थात् महिला हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवसदेखि अन्तर्राष्ट्रिय मानवअधिकार दिवससम्मको १६ दिनलाई १६ दिवसीय अभियानको रुपमा विश्वभर मनाउने गरिएको जिल्ला प्रशासन कार्यालय प्रमुख अधिकारीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार