• होमपेज
  • समाचार
  • बिरामी बोक्ने एम्बुलेन्सले कार्टुनका कार्टुन रक्सी बोक्दै

बिरामी बोक्ने एम्बुलेन्सले कार्टुनका कार्टुन रक्सी बोक्दै

  • बुधबार, मंसिर ८, २०७८
बिरामी बोक्ने एम्बुलेन्सले कार्टुनका कार्टुन रक्सी बोक्दै

अर्थ जङ्ग शाही —आपत्कालीन सेवामा खटिनुपर्ने एम्बुलेन्सको परिभाषित काम र जिम्मेवारी नै हो । तर बेला बेलामा एम्बुलेन्सको चरम दुरुपयोग हुँदै आएको छ ।

दार्चुला जिल्लाकाे लेकम गाउँपालीकाले खरिद गरेको एम्बुलेन्समा स्थानीय बाट निकै गुनासाे आउन थालेपछि नेपाल कम्युनिस्ट पार्टी विप्लवले राति चेकजाँच गरेको विप्लव दार्चुला नेता भरत मल्लले बडिमालिका खबरलाई बताए ।

स्थानीय बाट गाउँपालीकाकाे एम्बुलेन्सले जाँड रक्सी लगाएत भाडा तिरेर यात्रु अाेसारपसार गर्ने गरेको जनगुनासाे आउन आएकाे भन्दै हिजाे राति चेकजाँच गरिएको हाे । चेक जाँचकाे क्रममा लेकम गाउँपालीकाकाे गाडी नेपाल दार्चुलाले छड्के चेक गर्दा बिवाहाकाे सामाग्री सहित लिएर जादै गरेको अवस्थामा फेलापारेकाे भन्दै आफ्नाे नियन्त्रणमा लिएको नेता मल्लले फोन सम्पर्कमा बडिमालिका खबरलाई बताए ।

नेता मल्लले भने,बिरामी बाेक्ने एम्बुलेन्स कतै रक्सी बाेक्न प्रयाेग गरियाे त कतै भाडामा यात्रु बाेक्न प्रयाेग गरिएको भन्दै नियन्त्रणमा लिएर कडा कार्वाही गरिने बताएका छन। अहिले सु प प्र ०२००१ च ८५० नम्बरको एम्बुलेन्स विप्लव दार्चुलाको नियन्त्रणमा रहेकाे स्राेतले बतायो । हिजाे राति १० बजे मात्रै नियन्त्रणमा लिएकाे हाे ।

चर्चामा

सम्बन्धित समाचार