• होमपेज
  • समाचार
  • बुबाले छ्यापेको एसिड लागेर छोराछोरी घाइते

बुबाले छ्यापेको एसिड लागेर छोराछोरी घाइते

  • मङ्लबार, मंसिर ७, २०७८
बुबाले छ्यापेको एसिड लागेर छोराछोरी घाइते

सोलुखुम्बु — बुबाले छ्यापेको एसिड लागेर छोराछोरी घाइते भएका छन्।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा बुबाले छ्यापेको एसिड लागेर छोराछोरी घाइते भएका हुन्।

सोलु दूधकुण्ड नगरपालिका–५ वसन्त बजारका अन्दाजी ५५ वर्षका मोहन बराइलीले गएराति ८ बजे छोराछोरी माथि एसिड प्रहार गरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

एसिड लागेर २५ वर्षका छोरा र १६ वर्षकी छोरी घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो। उनका अनुसार घाइतेमध्ये छोराको अवस्था गम्भीर छ।

एसिड प्रहार गर्ने बराइलीलाई प्रहरीले पक्राउ गरेको छ। उनले जाँड रक्सी खाएर एसिड प्रहार गरेका खुल्न आएको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार