शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिकाका ३ जना कर्मचारी र २ जना शिक्षक हटाईए

त्रिबेणी नगरपालिकाका ३ जना कर्मचारी र २ जना शिक्षक हटाईए

  • सोमवार, मंसिर ६, २०७८
त्रिबेणी नगरपालिकाका ३ जना कर्मचारी  र २ जना शिक्षक हटाईए

बाजुरा — बाजुरा जिल्लाको त्रिबेणी नगरपालिकाका ३ जना कर्मचारी र २ जना शिक्षकहरूलाइ हटाइएकाे छ ।  इन्जीनियर लोकेन्द्र बहादुर साउँद, वडा न २ का कर्मचारी नन्द बहादु्र बुढा र देबराज जोशीलाई नगर प्रमुख रामसिहं रावलले निस्काशन गरिएको वडा अध्यक्ष प्रेम थापाले बताएका छन । त्यसै गरी दुई जना शिक्षक पनि निस्कासन गरिएकाे वडा अध्यक्ष थापाले बताएका छन । जसमा निस्कासन गरिएका शिक्षकहरुमा पुर्ण बहादुर ऐडी र रंग बहादुर नेपालीलाई हटाएको उनले बताए  । शिक्षकहरुलाई बिबेदपुर्ण रुपमा पारिश्रमीक निर्धारण गरिएकाे भन्दै केही दिन सामाजीक संजालमा बिरोध गरेको भरमा नगर प्रमुख रावलले दुबै जना शिक्षकहरुलाई निस्कान गरेको वडा अध्यक्ष थापाले बताएका छन ।
निस्कासन गरिएका शिक्षक र अन्य शिक्षकहरुमा सबैकाे बराबर तह भएको भए पनि अन्य शिक्षकलाई २१ हजार पारिश्रमीक दिएको र उनिहरु दुई जनाले ५ हजार ५ सय मात्रै पारिश्रमीक दिएको भन्दै नगरपालिकाको बिरोध गरेकै भरमा निस्कासन गरिएको शिक्षकहरुले बताएका छन ।

 सोमबार कार्यपालिकाको बैठकमा १० जना जनप्रतिनिधीले बहिस्कार गरेका छन ।  नगर प्रमुख रावलले एकलौटी बजेट बिनियोजन गरेको बिषयमा छलफल गर्दा नगर प्रमुख रावलले नमाने पछि १० जना जनप्रतिनिधीले बहिस्कार गरेको वडा अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता प्रेम थापाले जानकारी दिएका छन । ६ जना वडा अध्यक्ष र ४ जना कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेको उनले बताएका छन ।

यता नगर प्रमुखको सचविालयका अनुसार अहिलेसम्म कुनै निणर्य नभएको भरत बुढाले बताएका छन । त्यस बिषयमा कुनै छलफल नै नभएको उनले बताएका छन । ७ गते बिहान कार्यपालिकाको बैठक बस्ने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार