बाजुरा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्वलाई लक्षित गर्दै सहुलियत दरमा चामल बिक्रि गर्दै आएको चामल बिक्री बितरण गर्न बन्द गरिएको छ । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले सार्बजनिक सुचना जारी गर्दै सौलियत दरमा बिक्री बितरण गरिदै आएको चामलको निधारीत कोटा सकिएपछि सौलियत दरमा बिक्री बितरण नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ ।
खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा र कोल्टि डिपो बाट प्रतिकेजी ५ रुपैया दर छुट गरेर असोज २२ गतेबाट बिक्रि शुरु गरेको थियो । खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यलय बाजुराले अरुवा मोटो चामल प्रतिकेजी ४५ बाट ५ रुपैया छुट गरेर ४० मा मार्तडी बिक्रि शुरु गरेकोमा थप ४५ रुपैया प्रति केजीमा बिक्री हुने जनाएको छ ।
चाडपर्वलाई लक्षित गरेर खाद्य व्यबस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रको निणर्य अनुसार ५ रुपैया प्रतिकेजीमा छुट दिएको बाजुरा शाखा प्रमुख ओझाले वताए । कार्तिक २४ गते सम्मका लागि छुट गरेको भए पनि मसिंर ५ गते सम्म बिक्री बितरण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ ।