• होमपेज
  • समाचार
  • ७ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

७ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

  • सोमवार, मंसिर ६, २०७८
७ वर्षीया बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दी — ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेको छ । म्याग्दीको मंगल गाउँपालिका–५ का ४७ वर्षीय थमबहादु बिकलाई बालिका करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

चलचित्र देखाउने बहना बनाएर ललाई फकाई करणी गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको टोलीले बिकलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङ्गका अनुसार बिकविरुद्ध आइतबार म्याग्दी जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको म्याद थप गरिएको छ ।

२०७८ कात्तिक १८ गते दिउँसो १ बजेको घटनाको विषयमा प्रहरीलाई मंसिर ४ गते शनिबार मात्र खबर आएको थियो । मुलुकी अपराध संहिता २०७४ को परिचछेद १८ को दफा २१९ को उपदफा(३) (क) बमोजिम दश वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरेमा जन्मकैदको सजाय हुने कानूनी व्यवस्था रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार