शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा चार दिन देखि एक महिला बेपत्ता

बाजुरामा चार दिन देखि एक महिला बेपत्ता

  • सोमवार, मंसिर ६, २०७८
बाजुरामा चार दिन देखि एक महिला बेपत्ता

बाजुरा — बाजुरा बडिमालिका नगरपालीकामा एक महिला करिब चार दिन देखी बेपत्ता भएकी छिन । बेपत्ता हुनेमा बडिमालिका नगरपालिका वडा न ९ निवासी कालु थापाकी ३६ बर्षिया धर्मपत्नी गंगा थापा रहेकी छन
मंसिर १ गते लेखतिर काम गरेर घर हिंडेकी थापा आज सम्म सम्पर्कमा नआएको उनका परिवारका एक सदस्यले जानकारी गराएका छन् । बेपत्ता थापाको खोजीका लागि जिल्ला प्रहरी कार्यालय बाजुरामा खबर गर्दा पनि कुनै सम्पर्कमा नआएको गोरख बिष्टले सामाजिक सन्जाल मार्फत जानकारी दिएका छन ।
हराएकी थापाको खोजी सहजीकरण गरिदिन आमसञ्चार माध्यमबाट उनका परिवारजनले बताएका छन् । बेपत्ता थापा का ३ छोरा छोरी र श्रीमान अलपत्र परेकाले सबैले खोजी कार्यमा सहयोग गरिदिन परिवारले आपत्ती जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार