मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको एटुजेट कम्प्युटर सेन्टरले एक बालिकालाई निशुल्क पढाउने

बाजुराको एटुजेट कम्प्युटर सेन्टरले एक बालिकालाई निशुल्क पढाउने

  • आइतवार, मंसिर ५, २०७८
बाजुराको एटुजेट कम्प्युटर सेन्टरले एक बालिकालाई निशुल्क पढाउने

बाजुरा — बाजुराको एटुजेट कम्प्युटर एजुकेशन सेन्टरमा बडिमालिका नगरपालिका वडा न. ७ निवासी हरिचन्द्र पाध्यायकी छोरी नमिता तिमिलसेनालाई निशुल्क पढाउने भएको छ ।
नमितालाई बडिमालिका नगरपालीका .नं ७ वडाका वडा अध्यक्ष धर्म पाध्यायको सिफारिसमा एटुजेट कम्प्युटर एजुकेशन सेन्टरका प्रशिक्षक निशान्त बडुवालले निशुल्क पढाउने भएका हुन । आर्थिक अभाव भएका व्यक्तिलाई निशुल्क पढाएकोमा धर्मराज पाध्यायले बडुवाललाई धन्यबाद व्यक्त गरेका छन ।
कम्प्युटर पढ्ने इक्ष्छा आकाङक्षा भएर आर्थिक अबस्था कमजोर हुदाँ घरमै बसेकी तिमिल्सेनालाई बेशिक कोर्ष सम्म पठाउने एटुजेट कम्पुटर सेन्टरका संचालक निशान्त बडुवालले बताएका छन ।
एटुजेट कम्प्युटर सेन्टरमा अनुृभवी शिक्षकहरुबाट पढाई हुने भएपछि कम्प्युटर पढ्ने बिद्यार्थीको संख्या बढ्नुको साथै बर्षमा पाँच हजार बिद्यार्थीलाई पढाउदै आएको प्रो प्राइटर निशान्त बडुवालले बताएका छन ।
प्रशिक्षक निसान्त बडुवालले भारतको पञ्जावबाट चार बर्ष अनुभवि कम्प्युटर शिक्षकबाट बिद्यार्थीलाई चार बर्ष सम्म आफ्नै ठाउँमा कम्प्युटर सिकाउदै आएको बताए्रका छन ।
आफ्नै ठाउँमा पढाउँदै आएका बडुवालले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई केहि प्रतिशत छुटका साथ पढाउने गरेको बडुवालले बताएका छन । पढ्न इच्छुक भएका तर गरिवी,आर्थिक अवस्था कमजोर भएर घरमा बसेका व्यक्तिलाई निशुल्क पठन पाठन गर्ने उदेश्य रहेको उनले बताए ।
बडुवालले पैसा कमाउनकै लागि नभएर समाज सेवाका साथ आर्थिक अभावका कारण पढाइमा अलपत्र पढेका व्यक्तिलाई निसुल्क सेवा दिने बताए ।
एटुजेटमा एडमिसन हुन आएका तर पढाई सुल्क नभएर पढाईमा बाधा भई फिर्ता हुने बिद्यार्थीलाई हाप प्रतिशत छुटका साथ आर्थिक नभएका व्यक्तिलाई निसुल्क भर्ना गरेर पढाउने गरेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार