बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • मृत्युको मुखमा पुगेकी मनाकाेटकी क्रान्ति सञ्चो भएर घर फर्किन

मृत्युको मुखमा पुगेकी मनाकाेटकी क्रान्ति सञ्चो भएर घर फर्किन

  • शनिबार, मंसिर ४, २०७८
मृत्युको मुखमा पुगेकी मनाकाेटकी क्रान्ति सञ्चो भएर घर फर्किन

बाजुरा–बाजुराको गौमुल गाउँपालिका ५ मनाकोट बस्ने १५ बर्षिय क्रान्ति रोकाया रोग निको भएर घर फिर्ता भएकि छन् । बडिमालिका खबर, दि हिमालयन टाइम्स लगायत सञ्चारमाध्यममा उपचार अभाबमा जिवनमरणको दोसाधमा रहेको समचार प्रकाशित पछि उद्धार गरेर काठमाडौ लगिएको थियो । चार महिना काठमाडौमा उपचार पछि सञ्चो भएर घर फिर्ता भएको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् ।
क्रान्ति रोकाया जिवनमरणको दोसाधमा रहेको समचार पछि शान्ति सेवा गृह काठमाडौले उपचार गर्ने गरि उद्धार गरिएको थियो । चार महिना काठमाडौ उपचार पछि सञ्चो भएर क्रान्ति र उनकि आमालाई घर पठाएको संस्थाका कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । अंग्रेजि दि हिमालयन टाइम्समा समचार अनलाइन र पत्रिकामा प्रकाशित पछि जर्मन नागरिक Marianne grospietch ले जर्मनमा समचार पढेपछि क्रान्तिलाई उद्धार गरेर काठमाडौ ल्याउन लागेको कुवरले वताए ।
क्रान्ति आमा केसु रोकायाले खुशी हुदै भनिन् जिवनमरणको दोसाधमा रहेकि थिई । पैसा नभएर अस्पताल बाट घर लगेकि थिए, संस्थाले सहयोग गरेपछि काठमाडौ लगेर अहिले सञ्चो भएर फिर्ता भएको रोकायाले वताईन् । मैले त छोरी अब मरेपनि मर्छ भनेर बचाउने आशा मारिसकेकि थिए, सहयोग गर्ने सबै भगवान रहेको सबैलाई धन्यवाद समेत दिएकि छन् ।
गत असारमा अछामको बयलपाटा अस्पताल सम्म लिए अन्यत्र लिने पैसा नभएपछि घर ल्याएकि थिईन् । समचार प्रकाशित पछि साउनको पहिलो साता उद्धार गरेर काठमाडौ पठाईएको थियो । क्रान्तिलाई काठमाडौ लग्नका लागि यातायात खर्च जाङगु शेर्पाले ५ हजार, नविन आचार्यले ५ हजार र बल बहादुर रोकायले ५ हजार सहयोग गरेका थिए । आर्थिक अबस्था कमजोर रहेकि क्रान्तिका परिवारले जिल्ला अस्पताल बाजुरा हुदै अछामको बयलपाट अस्पताल उपचारमा लगेपनि उनलाई सञ्चो नभएपछि घर फिर्ता ल्याएका थिए् ।
अस्पतालले उपचारका लागि अन्यत्र लग्नुपर्ने तथा दुुई महिना सम्म अस्पतालमा राख्नुपर्ने वताएपनि परिवारले पैसा अभाबमा घर फिर्ता ल्याएका थिए । क्रान्ति ज्वरो र खोकिले निकै थला परेको मनाकोट स्वास्थ्य चौकिमा कार्यरत अनमि लक्ष्मि बोहोराले वताएकि थिइन् । क्रान्तिका बुवाको २०६३ सालमा उनि क्रान्ति आमाको गर्भमै हुदा मृत्यु भएको थियो । उनका बुवा बिशे रोकाया पनि उपचार अभाबमा अकालमै मृत्यु भएको थियो ।
क्रान्तिको ज्वरो खोकि सँगै शरिरमा रगतको मात्र कम रहेको छ भने हातखुट्टा पनि सुनिएका अनमि लक्ष्मि बोहाराले वताईन् । उनि बिरामी हुदा तौल पनि २६ केजी मात्र रहेको थियो । टिभिको औषधि ५ महिना देखी खाइरहेकि छन्, पोषिलो खानेकुरा खाननपाएर उनि कुपोषण चपेटमा समेत परेकि छन् । रगतमा सेतो रक्तकोस मात्र पनि कम रहेको छ । जिल्ला अस्पताल बाजुरामा उनलाई रगत दिएर उपचार गरेको थियो । सञ्चो नभएपछि अछामको बयलपाटा अस्पताल रिफर गरेको थियो । त्यहाँ पनि उपचार गर्दा सञ्चो नभएको केसु रोकायाले वताएकि छन् । बयलपाटा अस्पतालले २ महिना यतै राख्न भनेको भएपनि पैसा नभएपछि घर ल्याएको उनले वताईन् ।
३६ बर्ष देखी Marianne grospietch बिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । उनि बिश्वभर सामाजिक अभियान्ताका रुपमा परिचित रहेकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् । समचार आएपछि उहाँले नै उद्धार गर्न लागेर सम्पुणर् उपचार देखी खान बस्नको ब्यबस्थापन संस्थाले गर्ने जनाएको छ । छोरीको निशुल्क उपचार हुने भएपछि खुशी भएको आमा केशु रोकायाले वताईन् ।
शान्ति सेवा गृहले बाजुरामा अलपत्र रहेका वालवालिका, उपचार नपाएर रोग पालिरहेका धेरैलाई उद्धार गरेको थियो । संस्थाले काठमाडौमो कोरोना संक्रमितलाई निशुल्क अक्सिजन सिलिन्डर, स्वास्थ्य संस्थामा स्वास्थ्य साम्रागि र अलपत्र परेकालाई खाद्यन्न सहयोग गरेको संस्थाले वताएकि कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार