
नीजि स्वार्थमा सधै भरी रमाउँने क्रान्तिकारी हुदैनन्,
मात्र आफ्नो लागि धन कमाउँने क्रान्तिकारी हुदैनन्।
क्रान्तिका लागि फलामकै चिउरा चपाउँनु पर्छ मित्रहो,
आफ्नो वर्गलाई नै दुश्मन ठमाउँने क्रान्तिकारी हुदैनन्।
यो संसार बुझ्नै नसक्किने भुलभुलैयाको छ मान्नैपय्रो,
संसदिय दलदलभित्र रंग जमाउँने क्रान्तिकारी हुँदैनन्।
आफै कुद्द्नु पर्छ रणक्षेत्रमा ज्यान हत्थकेलामा राखी,
लुकेर अरूलाई नै बन्दुक थमाउँने क्रान्तिकारी हुदैनन्।
क्रान्ति त्याग र बलिदानको मिश्रणहो बुझेपछि हामिले,
सुखसुबिधा आफैले मात्र समाउँने क्रान्तिकारी हुदैनन्।
सुरेशकुमार पान्डे।
