शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • गोली हानी र्‍यापरको हत्या

गोली हानी र्‍यापरको हत्या

  • बिहिबार, मंसिर २, २०७८
गोली हानी र्‍यापरको हत्या

काठमाडौं — अमेरिकी र्‍यापर योङ डल्फको गोली हानी हत्या भएको छ । मेम्फिसमा भएको बन्दुक आक्रमणमा डल्फको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

बुधबार दिउँसो दक्षिणी मेम्फिसस्थित मकेडा होममेड कुकिजमा डल्फमाथि गोली चलाइएको फक्स न्युजले जनाएको छ ।

कुकिज किन्न बाहिर आएका बेला सवारी साधनमा आएका एक व्यक्तिले नजिकैबाट डल्फमाथि गोली चलाएको कुकिज स्टोरका साहुले सञ्‍चारमाध्यमलाई बताए । लगत्तै उनको मृत्यु भएको समाचारमा उल्लेख छ ।

शिकागोमा जन्मिएका डल्फको वास्तविक नाम एडोल्फ रोबर्ट थर्नटन जुनियर हो। उनी सानै उमेरमा मेम्फिस आएका थिए । यसअघि सन् २०१७ मा समेत उनीमाथि गोली प्रहार हुँदा गम्भीर घाइते भएका थिए ।

उनले सन् २०१६ मा आफ्नो पहिलो स्टुडियो एल्बम ‘किङ अफ मेस्फिस’ सार्वजनिक गरेका थिए । उनको पछिल्लो एल्बम ‘डम एण्ड डमर’ बिलबोर्ड चार्टमा ८ स्थानसम्म पुगेको थियो।

डल्फले अघिल्लो वर्ष ल्याएको ‘रिच स्लेभ’ निकै चर्चित बनेको थियो ।

चर्चामा

सम्बन्धित समाचार