• होमपेज
  • समाज
  • बाजुराका स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामाग्रि सहयोग

बाजुराका स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामाग्रि सहयोग

  • बुधबार, मंसिर १, २०७८
बाजुराका स्वास्थ्य संस्थालाइ स्वास्थ्य सामाग्रि सहयोग

बाजुरा–जिल्ला अस्पताल बाजुरा र जिल्लाका स्वास्थ्य संस्थालाई स्वास्थ्य साम्रागि सहयोग गरिएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग-कोइका गुड नेवर्स इन्टरनेश्नल, पिसविन र किडाकको सहयोगमा स्वास्थ्य साम्रागि सहयोग गरेको हो ।
अस्पताल र स्वास्थ्य संस्थालाई सर्जिकल मास्क, पिपिसेट, अक्सिजन कन्सन्टटेटर, अक्सिजन सिलिन्डर, नेबुलाइजेसन मेसिन, पिपिसेट, सेनिटाइजर लगायतका स्वास्थ्य साम्रागि सहयोग गरेको पिसवीन बाजुराका परियोजना अधिकृत महेश जोशीले वताएका छन् । जिल्लाका ५ वटा स्थानिय तहका १६ स्वास्थ्य चौकी, जिल्ला अस्पताल बाजुरा, ४० वटा बिद्यालय, पालिकाका कार्यलयलाइ स्वास्थ्य सामाग्रि सहयोग गरेको छ । ५ वटा पालिकाका स्वास्थ्य स्वयमंसेबिकालाई पनि स्वास्थ्य सामाग्रि सहयोग गरिएको छ ।
संस्थाले ५९ लाख ९७ हजार ८ सय ८८ बराबर मुल्य बराबरको स्वास्थ्य सामाग्रि सहयोग गरेको हो । जिल्ला अस्पताल बाजुरालाई मात्र १५ लाख भन्दा बढीको स्वास्थ्य सामाग्रि सहयोग गरेको अस्पताल बाजुराले जनाएको छ । बाजुरामा सञ्चालित स्वास्थ्य अधिकार प्रबद्र्धन परियोजना अन्तर्गत स्वास्थ्य सामाग्रि सहयोग गरिएको संस्थाले जनाएको छ ।
बिशेषगरि कोभिड लक्षित गरेर स्वास्थ्य सामाग्रि सहयोग गरेको बाजुरा परियोजना संयोजक देबेन्द्र शाहले वताए । कोभिडका बिरामीलाई उपचारमा सहज होस भनेर जिल्ला भरीका स्वास्थ्य संस्थालाई सामाग्रि सहयोग गरेको शाहले वताएका छन् । स्वास्थ्य सामाग्रि सहयोले कोभिडका बिरामीको उपचारमा ठुलो सहयोग हुने जिल्ला अस्पताल बाजुराका प्रमुुख डा. प्रकाशराज जोशीले वताएका छन् ।
बर्षातले बाजुराको सडक अबरोध हुदा बाजुराका स्वास्थ्य संस्थामा औषधि र कोभिड प्रतिकार्य सामाग्रिको अभाब रहेको थियो । संस्थाले गरेको सहयोगले ठुलो सहयोग भएको स्वास्थ्यकर्मीले वताएका छन् । स्वास्थ्य संस्थामा मास्क, सेनिटाईसर, पञ्जा समेत अभाब रहेको थियो, सहयोगले बिरामीको उपचार तथा चेकजाँच गर्न ठुलो सहयोग भएको छ ।
परियोजनालाई बाजुराका ४० वटा माबिमा र १६ वटा स्वास्थ्य संस्थाका ७१ स्थानमा साबुन पानीले हात धुनका लागि निश्चित स्थान र सामग्रीको व्यवस्थापन गरिएको बाजुरा परियोजना संयोजक देबेन्द्र शाहले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार