शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • ७ बर्ष सम्म पनि बनेन जयबागेश्वरी स्वास्थ्य चौकि, सम्बन्धित निकाय मौन

७ बर्ष सम्म पनि बनेन जयबागेश्वरी स्वास्थ्य चौकि, सम्बन्धित निकाय मौन

ठेकेदारको चरम लापरबाही

  • बुधबार, मंसिर १, २०७८
७ बर्ष सम्म पनि बनेन जयबागेश्वरी स्वास्थ्य चौकि, सम्बन्धित निकाय मौन

बाजुरा–बाजुराको खप्तडछेडेदह गाउँपालिका २ मा रहेको जयबागेश्वरी स्वास्थ्य चौकि निर्माण शुरु भएको ७ बर्ष सम्म पनि बन्न सकेको छैन् । २०७२ साल मंसिर १३ गते २ बर्षमा काम सम्पन्न गर्ने गरि सम्झौता भएपनि ७ बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नभएको स्वास्थ्य चौकीले जनाएको छ ।
१ करोड ६९ हजार १६ हजार ५ सय ३२ रुपैयामा यम.के/देबि सिंह जे.भि धनगढीले सम्झौता गरेर काम शुरु गरेको थियो । काम गर्ने सम्पर्क ब्यक्ति भने त्यहाँका स्थानिय बम बहादुर शाहि रहेको कार्यलयले जनाएको छ । सम्झौताका बेला २०७४ मंसिर १३ गते सम्पन्न गर्ने गरि भएको थियो । तर ठेकेदारको लार्पवाहिका कारणले अहिले सम्म पनि काम सम्पन्न नभएको पाईएको छ ।
भवन निर्माण संघिय सरकार अन्तर्गत सघन सहरि तथा भवन निर्माण आयोजना राजपुर डोटि बाट काम शुरु भएको हो । कार्यलयका सब ईन्जिनियर अभिषेक मलासनिका अनुसार काम गर्ने ठेकेदारले व्यवास्था गरेका कारण भवन निर्माण अलपत्र रहेको वताएका छन् । हामीले पटक पटक ताकेता गर्दा पनि वेवास्ता गरेको कार्यलयले जनाएको छ । हामी पनि भन्दा भन्दा थाकि सक्यौ, ठेकेदार पनि काम गर्दैन्न, न कार्यवाहि हुन्छ न केही एक कर्मचारीले वताए ।
सघन सहरि तथा भवन निर्माण आयोजना कार्यलयले तिन पटक म्याद थप गर्दा पनि काम नगरेको वताएको छ । तिन पटक म्याद थप गर्दा पनि काम नभएपछि अहिले २०७८ चैत १२ गते काम सम्पन्न गर्ने गरि म्याद थप गरेको मलासनिले वताएका छन् । ठेकेदार स्थानिय छन्, तर पनि काममा वेवास्ता गरिरहेको कार्यलयले वताएका छन् ।
भवन निर्माण नहुदा स्वास्थ्य चौकि जिणर् भवनमा सञ्चालन भइरहेको स्वास्थ्य चौकि ईन्चार्ज बद्रि सुनारले वताएका छन् । पुरानो चुहिने घरमा बिरामीको उपचार भइरहेको छ । प्रसुति सेवा देखी उपचार चेकजाँच एउटै कोठामा गर्नुपरेको उनले वताएका छन् । स्थानिय धर्म बुढाले भने पटक पटक हामिले चाडो बनाउनका लागि कुरा गरयौ, स्थानिय तह प्रशासनलाई भन्दा पनि भवन निर्माणमा वेवास्ता भइरहेको वताए ।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले भने भवन अलपत्र रहेको वारेमा कुनै जानकारी नभएको वताए । यदि त्यस्तो भएको छ भने काम ढिलाइ गर्ने ठेकेदार तथा कम्पनिलाई कार्यवाहिका लागि पत्रचार गर्ने अधिकारीले वताए । जयबागेश्वरी स्वास्थ्य चौकि साबिकको जगबागेश्वरी गाबिसको उपचार गर्ने एक मात्र स्वास्थ्य चौकि रहेको छ । दैनिक उपचारका लागि २० जना भन्दा बढी आउने गरेको स्वास्थ्य चौकिले वताएको छ ।
२०६८ सालको जनगणना अनुसार जयबागेश्वरीमा ४ सय ७३ घर परिवारका २ हजार ५ सय १२ जनसंख्या रहेको छ । उनिहरु सबैको उपचार गर्ने एक मात्र स्वास्थ्यचौकि जयबागेश्वरी स्वास्थ्य चौकि रहेको छ । समयमै भवन निर्माण नहुदा उपचार सेवा समेत प्रभाबित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार