• होमपेज
  • समाचार
  • कटहरीको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी

कटहरीको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी

  • बुधबार, मंसिर १, २०७८
कटहरीको ग्लोबल बायो इनर्जी उद्योगमा आगलागी

मोरङको कटहरीस्थित एक उद्योगमा आगलागी भइरहेको छ । ग्लोबल बायो इनर्जी नामक उद्योगमा भएको आगो नियन्त्रणका लागि प्रयास भइरहेको मोरङ प्रहरीले जनाएको छ । पुराना टायर पेलेर तेल उत्पादन गर्दै आएको उद्योगमा बिहान ५ः३० बजेदेखि आगो लागेको हो ।

सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लागेको आगो नियन्त्रणका स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा दमकलको सहायता लिएर आगो नियन्त्रणको प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।

विराटनगर, इटहरी, कानेपोखरी, रङ्गेली, दुहबी लगायतका स्थानबाट गएका दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार