मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • जहाँ महिलाले गर्छिन् दाह संस्कार, चलाउँछन् सरकार !

जहाँ महिलाले गर्छिन् दाह संस्कार, चलाउँछन् सरकार !

  • मङ्लबार, कार्तिक ३०, २०७८
जहाँ महिलाले गर्छिन् दाह संस्कार, चलाउँछन् सरकार !

काठमाडौं — संसारका धेरैजसो देश तथा समाजहरु पुरुष प्रधान छन् । पुरुष प्रधान समाजमा प्रायः महिलाहरु घरमा बस्दछन् र केवल घर सम्हाल्ने काम मात्रै गर्दछन् ।

महिलाहरुलाई समाजमा उतिसारो स्वतन्त्रता हुँदैन, जति पुरुषलाई प्राप्त हुन्छ । यहाँसम्म कि पुरुष प्रधान समाजमा कतिपय यस्ता रुढीवादी मानिसहरु पनि हुन्छन् जसले महिलाहरुले जागिर पनि गर्नु हुँदैन भन्ने ठान्दछन् ।

तर युरोपेली मुलुक इस्टोनियामा रहेको एउटा टापु भने नितान्त फरक छ । उक्त टापुको जनसंख्या मध्ये ९० प्रतिशतभन्दा धेरै महिला छन् । महिलाको टापुको नामले समेत चिनिने यो टापुमा जनसंख्या मात्र होइन जिम्मेवारी पनि महिलाले नै सम्हाल्दै आएका छन् । वास्तवमा यो टापुमा महिलाकै राज चल्दछ ।

इस्टोनियाको किहनु टापुलाई युनेस्कोले विश्वका अमूर्त मानवीय सांस्कृतिक सम्पदाको रुपमा सूचीकृत गरेको छ ।

टापुको जनसंख्या करीब ३ सय छ र त्यसमध्ये अधिकांस महिला नै छन् । त्यहाँका पुरुषहरु जागिर गर्नका लागि मुलुकका अन्य ठाउँमा गएका छन् । जसका कारण अधिकांश घरमा केवल महिलाहरु मात्रै छन् । घरमूलीको रुपमा पुरुषको अभावमा महिलाहरुले घरव्यवहारका साथै यो टापुको समाज यस्तो व्यवस्थित ढंगले हाँकिरहेका छन् कि दुनियाभर नै प्रसंसा हुने गर्दछ ।

महिलाहरुले आफ्ना परम्परा र रितिरिवाजलाई पनि जोगाएर राखेका छन् । चाडपर्वहरु धुमधामसँग मनाउँछन् । उनीहरु आफ्ना पतिको पैसाको भरमा मात्र बाँचेका छैनन् आफ्ना सीपमूलक कामबाट पैसा कमाएर खर्च चलाउँदछन् ।

उक्त टापुमा बिहे लगायतका कार्यहरु पनि महिलाहरुकै निर्णयबाट हुने गर्दछन् । साथै अन्तिम संस्कार पनि महिलाहरुले नै गर्दछन् ।

पहिले यो टापुमा इस्टोनिया सरकारबाट देश निकाला गरिएका तथा अपराधीहरुलाई राख्ने गरिन्थ्यो । सोभियत संघले करीब ५० वर्षसम्म यो टापुमाथि नियन्त्रण कायम गरेको थियो । तर त्यसपछि उक्त टापुमा महिलाको वर्चस्व कायम भयो । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार