• होमपेज
  • राजनीति
  • १६ जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिको विवरण आउन बाँकी

१६ जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिको विवरण आउन बाँकी

  • मङ्लबार, कार्तिक ३०, २०७८
१६ जिल्लाबाट एमाले महाधिवेशन प्रतिनिधिको विवरण आउन बाँकी

मंसिर १०, ११ र १२ गते चितवनमा हुने नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि छानिएका ६० वटा जिल्लाका महाधिवेशन प्रतिनिधिको विवरण प्राप्त भएको एमालेले जनाएको छ । १६ जिल्लाका प्रतिनिधिको विवरण अझै आउन बाँकी रहेको नेकपा एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जनाएका छन् । थापाका अनुसार कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, काभ्रेपलाञ्चोक, रसुवा, धनुषा,महोत्तरी, रौतहट, सिरहा रहेका छन् ।

त्यसैगरी सप्तरी, सुनसरी,धनकुटा, पाँचथर र ताप्लेजुङ जिल्लाबाट पनि छानिएका महाधिवेशन प्रतिनिधिहरूको विवरण आउन बाँकी रहेको छ । एमालेले मातहतका पार्टी कमिटीलाई आज बेलुका सम्म प्रतिनिधि चयन गरेर विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार