• होमपेज
  • समाज
  • बिप्लबले मनमर्जी तरिकाले बन्द गरेको अलपत्र यात्रुहरुको गुनासो 

बिप्लबले मनमर्जी तरिकाले बन्द गरेको अलपत्र यात्रुहरुको गुनासो 

  • मङ्लबार, कार्तिक ३०, २०७८
बिप्लबले मनमर्जी तरिकाले बन्द गरेको अलपत्र यात्रुहरुको गुनासो 

अर्थ जङ्ग शाही/ बझाङ — नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मनमर्जी तरिकाले नेपाल बन्द गरेको पिडित यात्रुहरुको गुनासो रहेको छ। सोमबार हिजो राती ठाउँ-ठाउँ बाट गएका बसहरु यति खेर ठाउँमा नपुग्दा यात्रुहरु बिच सडकमा अलपत्र परेका छन्। काठमाडौँ बाट धनगढीका लागी हिडेका धेरै बसहरु अहिले यतिखेर बाँके जिल्लाको कुसुमको जङ्गलमा अलपत्र परेका छन्।

आफू लगायत धेरै यात्रुहरुको बिजोक भएको र आफूसँग पैसा पनि थोरै भएको यात्रु प्रकास बुढाले बडिमालिका खबरलाई बताए। काठमाडौँ बाट धनगढी,बैतडी,हुदैँ बझाङ घर पुगौला भन्ने प्रकास बुढा, यति खेर बाँकेको जङ्गलमा अलपत्र परेका छन्। बसहरु ठाउँमा नपुग्ने भए किन काठमाडौका टिकट काट्ने टिकट काउन्टरले किन टिकट काँटेर पठायो-`यात्रुहरुको गुनासो रहेको छ’।

काठमाडौँ बाट हिजो दिउँसो २ बजे हिडेका बसहरु यतिखेर धनगढीमा पुग्नु पर्ने ठाउँमा,अहिले सम्म बाँके जिल्लाको कुसुमको जङ्गलमा छन्।

बिप्लबको आज ३० गते बन्द भएपनि हिजोका बसहरु ठाउँमा पुग्न दिनुपर्छ भनेर यात्रुहरुको गुनासो रहेको छ। होटल पनि छैन,अहिले सम्म हामी यात्रुहरु भोकै छौँ,-बिबेक चन्दले बडिमालिका खबरलाई बताए।

पुलिस प्रशासन आउँला अनि हामी स्कटिङ्गमा जान पाउँला भनेर पर्खेर बसेका छन् काठमाडौँ बाट धनगढीका लागी गएका यात्रुहरु। यतिखेर बिप्लबले मनमर्जि तरिकाले बन्द गरेको- पिडित यात्रुहरुको गुनासो रहेको छ। तेलको भाउँ बढ्यो,ग्याँसको भाउँ बढ्यो भन्दैमा, नेपाल बन्द गरेर त्यो भाउँ खट्ने पनि होईन। सकिन्छ राष्ट्रपति कार्यलयमा गएर बोलौ,सकिदैँन यात्रुहरुलाई कुनै पनि पिडा नदिउँ-पिडित यात्रु प्रकास बुढाको गुनासो रहेको छ।

चर्चामा

सम्बन्धित समाचार