• होमपेज
  • समाचार
  • प्रहरीका ८ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस

प्रहरीका ८ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस

  • मङ्लबार, कार्तिक ३०, २०७८
प्रहरीका ८ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ८ जना प्रहरी उपरीक्षक (एसपी)हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ । सोमबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार जनपद समूहतर्फ सिफारिस सूची प्रकाशन गरिएको हो ।

विकास राज खनाललाई एक नम्बरमा एसएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेहरूमा सुदीप राजभण्डारी, अनुराग कुमार द्विवेदी, राजेन्द्र सिंह खड्का, योग बहादुर पाल, टिका बहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल छन् ।

चर्चामा

सम्बन्धित समाचार