• होमपेज
  • समाचार
  • अब लाइसेन्सको अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने

अब लाइसेन्सको अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने

  • मङ्लबार, कार्तिक ३०, २०७८
अब लाइसेन्सको अनलाइन आवेदन फारम कार्यालय समयमा भर्न नपाइने

काठमाडौं — अब सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन आवेदन फारम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ।

दिउँसोको समयमा आवेदन भर्नेहरु धेरै हुँदा प्रणाली ‘स्लो’ भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने व्यवस्था गरिएको हो। यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले केही दिन कार्यालय समयमा प्रणालीमा अनलाइन आवेदन भर्न नसकिने बताए।

विभागको अनलाइन प्रणालीमा दिउँसो कार्यलयहरुले सेवा दिनुपर्ने भएकाले यस्तो अवस्था आएको हो। प्रणाली सुस्त हुँदा कार्यालयहरुको सेवा प्रभावित हुने भएकाले यस्तो उपाय लगाइएको भुसालले बताए।

विभागका अनुसार अहिलेसम्म करिब ७ लाखले लाइसेन्सका लागि आवेदन फारम भरेर परीक्षा कुरिरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार