• होमपेज
  • समाचार
  • सर्लाहीमा दुई जनप्रतिनिधि घूससहित पक्राउ

सर्लाहीमा दुई जनप्रतिनिधि घूससहित पक्राउ

  • सोमवार, कार्तिक २९, २०७८
सर्लाहीमा दुई जनप्रतिनिधि घूससहित पक्राउ

सर्लाहीका दुई जनप्रतिनिधिहरु घूस रकमसहित पक्राउ परेका छन् । सोमबार अख्तियारको टोलीले सर्लाहीको इश्वरपुर नगरपालिका ११ का दुई वडा सदस्यलाई घुस रकमसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा इश्वरपुर नगरपालिका ११ का वडा सदस्य सोनेलाल साह र उमेश राय रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई रु १ लाख ५० हजार रुपैयाँ लिइरहेकै अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार