• होमपेज
  • समाज
  • चिसोले भोटेजनजाति गाउँ छोडेर बेशितिर

चिसोले भोटेजनजाति गाउँ छोडेर बेशितिर

  • सोमवार, कार्तिक २९, २०७८
चिसोले भोटेजनजाति गाउँ छोडेर बेशितिर

बाजुरा–बाजुराको उत्तरी क्षेत्र, हुम्ला, र मुगुका स्थानिय चिसोका कारण बेसीतिर झरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेपछि भेडा, च्याङ्गा, गाइबस्तु र परिवार सहित औलतिर झरेका छन् । यहाँ स्थानियहरु सधै हिउँदको समयमा जाँडो छल्न औल तिर लाग्ने गरेका छन् ।
हिमपाँत सँगै चिसोबढेपछि कार्तिकको अन्तिम साता देखी बेशी झर्न लागेको स्थानिय गोलु भोटेले वताएका छन् । बसाई सराईका क्रममा उनीहरु बाजुराको दक्षिणी क्षेत्रका बाह्रबिस, कुल्देबमाडौ लगायत अछाम, डोटी र सुर्खेत बसाई सर्ने गर्दछन् । चिसो सुरु भएपछी दुई हप्ता देखी हिमाली भेगका प्राय जसो बस्तिहरुमा हिमपात भई जाडो बढ्ने भएपछि बेशीतिर लागेका हुन् ।
बेशिमा गएर व्यापार व्यबसाय गरी आम्दानी गर्न सकिने र चिसो समय विताउन सजिलो हुने भन्दै प्राय भोटे जनजातीहरु सपरिवार सहित एक पछि अर्को बस्तिहरु छोडेर बेशी तिर झरीरहेका छन । यस वेला घरमा भएका भेडा च्याङ्ग्रा, घोडा, खच्चड गाइ, गोरु र खाने सरसमानका साथ बसाई सरिरहेका छन् ।
बुढिन्नदा १० अगाउनीपानि बस्ने रमेश गुरुङ्ग आफ्ना ५ जना परीवार सहित जाँडो छल्नको लागि बेशितिर झरी रहेका छन् । उनका २ वटा छोरा १ छोरी, एउटी श्रिमती भेडा बाख्रा गाई गोरु सँगै लिएर अछाम तिर बसाइसरी रहेका छन् । गाउँमा हिउँदयाममा हिमपात र चिसो हुने भएकाले आफ्नो सम्पति लिएर ६ महिनाको लागि अछामतिर जाने गरेको बताएका छन् । उनी मात्र नभई जिल्लाको उत्तरी क्षेत्र, हुम्ला र जुम्ला बसोबास गर्ने अधिकांश जनजाति (भोटे) केही महिनाको बसाई सर्ने गर्दछन् ।
बाजुरामा मात्र करिब १० हजार बढी जनसंख्या रहेको यस जिल्लाका भोटे जनजातीहरु र अन्य समुदाय बर्षादका चार महिना सम्म उत्तरी भेगमा पर्ने चीन तिर जाने गर्दछन, भने केहि महिना गाँउमा बस्ने गर्दछन् । ‘परम्परागत पेशा, घरपरिवार पाल्न र आर्थिक आर्जनका लागि सपरिवार सहित उनिहरु चिसो लाग्ने समय देखिनै छिमेकी बसाइसराइ गर्ने गरेका कोल्टि नुरीका सुधि रोकायाले बताएका छन’ । अहिले गाँउनै खाली गरेर भेडाच्याङ्ग्रा सँगै भोटे जनजातीहरु बेशी झर्ने भएपछि बालबालिका पढाई बाट बञ्चित हुने गरेको स्थानिय अंग थापाले बताए ।
त्यस्तै हुम्लाका, मैला, मदेना, डाडाफया, श्रीनगर, जयर लगायतका बासिन्दा पनि भेडा, च्याङ्ग्रा, घोडा, खच्चड गाइ, गोरु ल्याउर बेशी तिर झरेका छन् । हुम्ला डाडाफयाका नन्द शाहिले भने १० गते मतदान भएपछि चिसो बढेकाले औले झरीसकेको वताए । हिउँदको समयमा चिसोमा भेडा पालन गर्न र जिवीकोपार्जन गर्न समस्या भएकाले एक हप्ता लगाएर अछाम आउन लागेको बताए । सबै परिवार सहित बेशी झरेका छौ, चैतको महिनामा मात्र फिर्ता हुने गरेका छौ, उनले वताए । मुगुको सेरी, खम्ला, गम्था, सुकाडिक लगायतका गाबिस बाट भेडा र परिवार सहित बेशी झर्नेको लर्को लागिरहेको छन् ।
बाजुरा मात्र ६ सय चालिस भन्दा बढी परिवारहरु मौसमी बसाई सर्ने गरेका छन् । हुम्ला डाँडाफया गाबिसका जुद्ध शाहिले भने ‘हुम्ला र जुम्लाका अधिकांश गाबिसमा हिमँपातका साथै चिसो हुने भएकाले प्राय बासिन्दा हिउदँमा बेसीतिर आउने गरेको छन, भने बर्षा याममा चिन तिर जाने गरेको बताएका छन’् ।

चर्चामा

सम्बन्धित समाचार