
अर्थ जङ्ग शाही/ बझाङ — बझाङ जयपुथ्वी नगरपालिका–४ गडखेतका ४३ बर्षिया नवराज उपाध्याय सदरमुकाम चैन्पुरकाे सेती नदिको मोटरेवल पुल नजिकै मृतक अवस्थामा फेला परेका छन्। उपाध्याय सदरमुकाम चैन्पुर बाट घर जाने क्रममा बाटोमा लडेका हुनाले चिसोका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बझाङले जनाएको छ। उपाध्याय लाई अहिले जिल्ला अस्पताल बझाङमा पोष्टमार्डमका लागी लिइएको छ। थप बिबरण आउन बाँकी।
