बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फुटबल
  • मोराटाको गोलमा स्पेन विश्वकपमा

मोराटाको गोलमा स्पेन विश्वकपमा

  • सोमवार, कार्तिक २९, २०७८
मोराटाको गोलमा स्पेन विश्वकपमा

अल्भारो मोराटाले गरेको एक मात्र गोल निर्णायक बनेपछि स्पेनले स्वीडेनलाई पराजित गर्दै आगामी विश्वकपमा स्थान बनाउन सफल भएको छ । स्वीडेनले विश्वकपमा स्थान बनाउनका लागि अब प्लेअफ खेल खल्नुपर्नेछ ।

समूह बीमा लुइस एनरिकेको टोलीलाई विश्वकपमा छनोट हुन खेलमा बराबरी मात्र गरे पुग्ने थियो भने स्वीडेनलाई जीतको आवश्यकता थियो । खेलको ८६ औँ मिनेटमा गोल गर्दै मोराटाले स्पेनलाई विश्वकपसम्म पुर्‍याए । स्पेन विश्वकपमा छनोट भएको यो लगातार १२ औँ पटक हो । उता कतारमा हुने विश्वकपमा स्थान बनाउनका लागि स्वीडेन मार्चमा युरोपियन प्लेअफबाट पुनः मौका पाउनेछ ।

चर्चामा

सम्बन्धित समाचार