• होमपेज
  • समाज
  • पाँच महिना पछि मार्तडी बस पुग्यो

पाँच महिना पछि मार्तडी बस पुग्यो

  • आइतवार, कार्तिक २८, २०७८
पाँच महिना पछि मार्तडी बस पुग्यो

बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा ५ महिना पछि बस आइतबार पुगेको छ । बर्षाले साँफे मार्तडी सडक खण्डको बल्धेमा अबरोध पारेपछि असारको पहिलो साता बाट मार्तडी सम्म बस पुग्न सकेको थिएन् ।
बर्षात कम भए सँगै सडक खण्डको बल्धेमा सडक सञ्चालनमा आएपछि आइतबार मार्तडी बस पुगेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ । सोमबार बाट सदरमुकाम मार्तडी बाट बस छुट्ने भएका छन् । आइतबार बाजुराका लागि आउने बस सबै मार्तडी पुगेका हुन् ।
३ बर्ष देखी बर्षातको समयमा बुढिगंगा नगरपालिकाको १ बल्धेमा पहिरो जाने भएकाले बर्षातमा सधै यातायात बन्द हुने गरेको थियो । जिव ट्याक्टर केही दिन पहिला देखी सञ्चालनमा आएपछि बस भने आइतबार बाट मार्तडी सम्म सञ्चालनमा आएका हुन् । असार देखी कार्तिक महिना सम्म बाम्का, बल्धे, बेतालमाण्डौ पुगेर बस चढनु परदै आएको थियो ।

चर्चामा

सम्बन्धित समाचार